
बिर्तामोड । बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।
बिर्तामोड–१० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शुक्रवार दिउँसो २ः४५ बजे उनी घर नजिकैको पैनीमा डुबेको अवस्थामा मृत भेटिएका थिए ।