२०८१ कार्तिक ५, सोमवार , ०५:२८:४३ बजे

Sajhamanch
'

आज झापा, इलाम, मोरङ लगायतका नदीका पानीको बहाव बढ्ने

शुक्रवार, असार २१, २०८१

झापा। देशका केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

झापा, इलाम, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी र कैलाली भई बहने साना नदीमा समेत बहाव बढ्नेछ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशभरका अधिकांश नदीमा भोलिदेखि बहाव बढ्ने महाशाखाको अनुमान छ ।

अबका तीन दिन कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह पनि उल्लेख्य बढ्दो हुनेछ । वाग्मती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।

शुक्रवार, असार २१, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर