भद्रपुर । भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको उद्घोषण, भाषणकला र माइन्यूट लेखनसम्बन्धी तालिम समापन भएको छ ।
समूहमा आबद्ध सदस्यलाई लक्षित गरेर समूहको कार्यालयमा सञ्चालित ५ दिवशीय तालिम बिहीवार समापन भएको हो ।
समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता एवं डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईको प्रमुख आतिथ्यता तालिम समापन कार्यक्रम भएको थियो ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले प्रशिक्षण प्रदान गरेको तालिममा सहभागी १८ जना प्रशिक्षार्थीलाई समापनका क्रममा प्रमाणपत्र प्रदान गरियो ।
त्यसक्रममा सहजकर्ता केशव भट्टराई, प्रशिक्षार्थी एकबहादुर भूजेल, बिना प्याकुरेल, दीपक खतिवडा लगायतले मन्तव्य राखेका थिए ।
समूहकी सदस्य मञ्जु खतिवडा (अधिकारी) ले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष अनुज खतिवडाले शाब्दिक स्वागत गरेका थिए ।