२०८१ पौष २६, शुक्रवार , ०७:५१:४९ बजे

Sajhamanch
'

बिर्तामोड पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बिहिवार, असार २०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

१६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरु लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

तथ्यांक अनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिए ।

पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले बताए ।

स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिबद्धता पत्रमा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाअध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।

बिर्तामोड नगरपालिकाले यसअघि धर्म, जातजाति, जनसंख्या र स्वास्थ्य क्षेत्रको सम्पूर्ण तथ्यांकसहितको (स्वास्थ्य पाश्र्वचित्र) पुस्तक समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर