झापा । झापाको माई खोलाले धार परिवर्तन गर्दा तीन परिवार जोखिममा परेका छन् ।
झापा गाउँपालिका–२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना स्थितमा रहेको माई खोलाले धार परिवर्तन गर्दा सोही स्थानका जयमुनी उराउ (परिवार संख्या ५ जना), नुनलाल राजबंशी (परिवार संख्या १ जना) र बेङ्गा राजबंशी (परिवार संख्या १ जना) जोखिममा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।