२०८१ माघ २०, आइतवार , ०८:४८:१३ बजे

Sajhamanch
'

झापाको बुद्धशान्तिमा आगलागी, ३ लाख बराबरको क्षति

बिहिवार, असार २०, २०८१

झापा । विद्युत सर्ट भई आगलागी हुँदा बुद्धशान्ति २ जयपुर बस्ने मनरथ पोखरेलको गोठ जलेर नष्ट भएको छ ।

गएराति ८ः३० बजेको समयमा पोखरेलको घरनजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट गोठ, गोठमा राखेको पराल,सखुवाको काठ ३० क्यूफिट, कुटि काट्ने मेसिन र मकै ३० मन गरी अन्दाजी मूल्य रु.३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेको टोली ,स्थानीयवासी, घरपरिवार,मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर