२०८१ कार्तिक २, शुक्रवार , ११:१८:०४ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाको बजेट नीति तथा कार्यक्रम पारित

बुधवार, असार १९, २०८१

शिवसताक्षी । शिवसताक्षीमा आगामी वर्षका लागि १४ चौधौ नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यापालिकाको बैठकले आषाढ १० गते प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको थियो ।
उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिइन ।

जसमा आन्तरिक आम्दानी ५ करोड ८७ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त, २ करोड, २७ लाख, संघीय सरकारबाट ७८ करोड ०६ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण १ करोड ११ लाख ३७ हजार, समपुरक अनुदान १ करोड ३० लाख, शसर्त अनुदान २ लाख ३३ लाख, सवारी साधान बाँड फाँडबाट १, करोड ३० लाख गरी ८६ करोड २६ लाख बराबरको बजेट रकम नगरसभाबाट सार्वजनिक गरिएको थियो ।

लामो छलफलका बीच कार्यापालिकाको बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । छलफलमा वडाध्यक्ष, तथा सदस्य ज्यूहरुले केही विषयहरु उठान गर्नु भएको छ । हामीले सीमित श्रोत साधानबाट कार्य सम्पन्न गर्नु पर्ने भएकाले उहाँहरुको विषयहरु छलफलबाटै समावेश गर्ने गरी कार्यक्रम गर्ने नगरप्रमुख थोप्राले जानकारी दिए ।

विशेष गरी नगरको ठूला योजनाहरु रिङ्गरोड, रंगशाला, नगर स्तरीय अस्पताल लगायतका योजनाहरु सम्पन्न गर्नु पर्ने बाध्यता छ । शिवसताक्षीको शिवगञ्जमा निर्माण भएको नगर अस्पतालको निर्माण सकिएपछि भित्र आवश्यक पर्ने उपकरण लगायतका सामाग्री खरिदमा ठूलो रकम खर्चनु खर्चेर सञ्चालनमा ल्याउनु पर्ने छ । त्यसलाई आर्थिक श्रोतको पहिचान गरी आगामी आ.ब.मा नागरिकको सुविधाका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । केही प्रशासनिक रुपमै सुधार गर्नु पर्ने, नीतिहरु बनाउनु पर्ने लगायत विषयहरु छन् । हामीले सुधार गर्दै लैजानु पर्ने छ, उनले भने, ।

छलफलमा बजेटको विषयमा उपप्रमुख नरमाया कार्की, प्रशासनिक समस्या र नीतिगत विषयमा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, नगरमा महालेखाको प्रतिवेदनमा आएको बेरुजुको विषयमा लेखा अधिकृत प्रकाश योङ्हाङ्गले जवाफ दिएका थिए ।

बैठकमा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले वडाको शिलिङ्ग बजेट बृद्धि गर्नु पर्ने, नगरले सामुदायिक विद्यालयहरुमा शिक्षामा नगरपालिकाले गरेको लगानीको आधारमा एस.ईईको नजिता कम आएको, महिला कर्मचारीहरुलाई महिनामारी भएका बेला विदाको व्यवस्था गरिनु पर्ने, हात्ती आतंक व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नु पर्ने लगायतका १४ वटा, प्रश्न तथा सुझाब पेश गरेका थिए ।

वडाध्यक्षहरुले नगरपालिकामा सेवा ग्राही र वडासचिवहरुले रकम फरफारक गर्न आउँदा धेरै दिन धाउनु पर्ने बाध्यता रहेको गुनासो गरे । नगरमा रहेको सुकुम्बासी समस्या समाधानका लागि पहल तथा काम गर्नु पर्ने, केही कार्यक्रमहरु बजेट सक्न मात्र गरिने गरेको देखिएको छ । त्यस्ता कार्यक्रमहरु कटौति गर्नु पर्ने लगायतका समस्या तथा सुझाहरु पेश गरिएको र त्यसको विषयमा छलफल गरिएको थियो ।

बैठकमा वडा नं २ का वडाध्यक्ष भिम नेम्वाङ्ग, ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, ७ का वडाध्यक्ष भुवानी विक्रम चेच्जोङ्ग, वडा नं.९ का वडाध्यक्ष डिल्लीलाल फेम्बु, १० का वडाध्यक्ष हर्क सिगु लगायत वडा सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।

बुधवार, असार १९, २०८१ | विविधा, समाज

सम्बन्धित खबर