झापा । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–९ की २३ बर्षीया कन्चना राई र १८ वर्षीय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ का २१ वर्षीय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी, पथरी शनिश्चरे–१ मोरङका १८ वर्षीय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्कीसहित इलाका प्रहरी कार्यालय पथरीले र बिर्तामोड–७ का ३३ वर्षीय सुरज लामा र बिर्तामोड–५ का २२ वर्षीय विजय मगरलाई ४ ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।