२०८१ कार्तिक ५, सोमवार , ०९:४३:५८ बजे

Sajhamanch
'

मेची पुलमा ब्राउन सुगरसहित दुई जना पक्राउ

मङ्गलवार, असार १८, २०८१

झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने बिर्तामोडका दुई युवा मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने ३३ वर्षीय सुरज लामा र वडा नं. ५ बस्ने २२ वर्षीय विजय मगर रहेका छन् ।

गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुल हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प. २४४५ नम्बर को स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लास्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक ४ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

स्कुटरसहित स्कुटर चालक लामा र स्कुटर पछाडि सवार मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर