२०८१ कार्तिक ६, मङ्गलवार , १२:५५:३७ बजे

Sajhamanch
'

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली

मङ्गलवार, असार १८, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

सोमबार मध्यरातमा कांग्रेसँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।

नयाँ गठबन्धनको सहमतिसँग आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् र आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।