२०८१ कार्तिक ६, मङ्गलवार , ११:१४:२९ बजे

Sajhamanch
'

लायन्स क्लब अफ बिर्तामोड सिटीको अध्यक्षमा उपेन्द्र बानियाँ

सोमवार, असार १७, २०८१

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच हिजो साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा वर्ष २०२४/२५ का लागि चयन भएका अध्यक्षलाई अघिल्लो वर्षका अध्यक्षले विधिवत पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटी वर्ष २०२३/२४ का अध्यक्ष दुर्गाबहादुर थपलियाले वर्ष २०२४/२५ का अध्यक्ष उपेन्द्र बानियाँलाई पद हस्तान्तरण गरेका थिए ।

२०२३/२४ का अध्यक्ष थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्षुमण खड्का (प्रेम) ले गरेका थिए । लायन्सको नियमअनुसार क्लबका अध्यक्षले समितिलाई पूर्णता दिनेछन् ।

त्यस्तै, लायन्स क्लबका डिस्ट्रिक चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली, लायन्स क्लब अफ बिर्तामोड लेडीकी पूर्वअध्यक्ष दुर्गा पाठक थपलिया र युवा व्यवसायी विशन लिम्बूले बधाई ज्ञापनसहित आफ्नो भनाइ राखेका थिए ।

सम्बन्धित खबर