२०८१ कार्तिक ६, मङ्गलवार , ०१:१३:५३ बजे

Sajhamanch
'

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

सोमवार, असार १७, २०८१

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय याजदायार माझिदियाही र उनकै श्रीमती ३५ वर्षीया पेगाह ताहेरी रहेका छन् ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलङ्काको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २०० पाउण्ड स्टरलिङ, १ हजार ७५० युरो, १६ हजार ५०० युएई दिराम, ८ हजार ८०० भारतीय रुपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ ।

सोमवार, असार १७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर