२०८१ कार्तिक ६, मङ्गलवार , ०४:४४:०३ बजे

Sajhamanch
'

मोरङमा होटल सञ्चालिकाको कुटाइबाट पुरुष ग्राहकको मृत्यु

सोमवार, असार १७, २०८१

विराटनगर। मोरङको विराटनगरमा होटल सञ्चालिकाको कुटाइबाट एक पुरुष ग्राहकको मृत्यु भएको छ ।

ग्राहकको हत्या आरोपमा विराटनगर–१९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। कुटपिटबाट मृत्यु हुनेमा स्थानीय ५० वर्षीय वीरबल गोसाईं रहेका छन् ।

उनका अनुसार शनिबार दिउँसो गोसाइँ होटलमा जाँदा उनीमाथि कुटपिट भएको थियो। ‘गोसाइँले आफूलाई होलटमा कुटिएको गुनासो घरमा गएर छोरीसँग गरेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘साँझ फेरि उनी सोही होटलमा जाँदा थप कुटपिट भएको खुलेको छ।’

तर, पक्राउ परेकी महिलाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन्। ‘सधैँ मदिरा खान आउँदा दुःख दिने गरेकाले त्यो दिन ‘यहाँबाट गइहाल’ भनेर धकेल्दा गोसाइँ लडेको दाबी उनले गरेकी छन्,’ डीएसपी बस्नेतले भने।

प्रहरी अनुसन्धानका क्रमममा होटलमा कुटपिट भइ बाहिर आएपछि गोसाइँ रातभर नजिकैको सडकमै सुतेको पाइएको छ। आइतबार दिउँसो उपचारको लागि आफन्तले उनलाई स्थानीय अस्पतालमा लगेका थिए। उपचारकै क्रममा उनको आइतबार दिउँसो कोसी अस्पतालमा मृत्यु भएको डीएसपी बस्नेतले बताए। कुटपिट भए पनि मृतकको शरीरमा ठूलो घाउचोट भने नभएको प्रहरीले जनाएको छ ।

सोमवार, असार १७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर