२०८१ कार्तिक २, शुक्रवार , ०८:१३:४८ बजे

Sajhamanch
'

शिवसताक्षीमा वकिलहरु गाउँमै गएर कानुनी परामर्श सेवा दिए

आइतवार, असार १६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा स्थलगत कानुनी परापर्श कार्यक्रम सञ्चालन गरिएको छ । नगर भित्रका सबै व्यक्तिहरूलाई न्याय र कानूनी सहायता उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले कानुनी परामर्श नगरका ६ स्थानमा कानुनी परामर्श सेवा दिएको हो । विशेष गरी आर्थिक रूपमा कमजोर र कानूनी प्रक्रियाबारे जानकारी नभएका व्यक्तिहरूलाई कानूनी विशेषज्ञ र वकिलहरूद्वारा कानूनी मुद्दाहरूमा विशेषज्ञ मार्गदर्शन र सहयोग प्रदान गरिएको छ।

कानुनी सेवा प्रदान गर्ने क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रुमख नरमाया कार्कीले आम नागरिकले कानून सम्बन्धी व्यक्तिगत रुपमा सीधै कानूनी विशेषज्ञहरूसँग भेट गराएर मुद्दाहरूहरुको कानूनी पाटोको विषयमा जानकारी गराइएको जानकारी दिइन् । उनले यस्ता कार्यक्रमले स्थानीय समुदायहरूमा यी सेवाहरू सञ्चालन हुँदा समुदायलाई सामूहिक रूपमा कानूनी सहायता प्राप्त हुन्छ, जसले सामूहिक विवादहरूको समाधानमा पनि मद्दत पुरयाउने बताइन् ।

लक्ष्मीप्रसाद चेम्जोङ्गले आफ्ना वडामा पनि कानुनी सम्वन्धी धेरै समस्या रहेको बताए । यस कार्यक्रमले वडा नं. १ का ८ जनाले प्रत्यक्ष लाभ लिएको छन् । उनले भने, जग्गा सम्बन्धी, अंश सम्बन्धी अन्यायमा परेका नागरिक वडाको न्यायिक समितिले पनि परापर्श गर्दै आएको थियो । तर यस स्थलग कानुनी परामर्शको सेवाले उहाँहरुको समस्या समाधानका लागि ठूलो भूमिका रहेको अध्यक्ष चेम्जोङ्गले जानकारी दिए।
शिवसताक्षीको वडा नं. १ सञ्चालन भएको कानुनी परामर्श सेवामा भुवन सेन्दाङ्ग, नरेशकुमार अधिकारी, ज्ञानु कुमार सेर्मा लगायतले आफ्ना समस्याहरु राखेका थिए ।गाउँमा विशेष गरी घितो पास गरेको जग्गा कसरी फर्ता गराउने, नागरिकता सम्वन्धी, अंश सम्बन्धी, जग्गा किचोलो सम्वन्धी समस्याहरुमा कानुनी प्रकृयाका कसरी जाने भन्ने विषयहरु विशेष उठेका थिए । सहभागीहरुको समस्या बारेमा अधिबक्ता माधवप्रसाद भण्डारी र अग्नीबहादुर कार्कीले सुझाब दिएका छन् ।

अधिबक्ता अग्नीबहादुर कार्कीले न्युन आय भएका नागरिकका लागि अदालतमा वकिलहरुले निशुल्क मुद्ध हेरिदिने समेत प्रावधान रहेको जानकारी गराए ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा भएको कानुनी परामर्श सेवाक्रममा वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले यस्ता कार्यक्रमले वडा तथा नगरको न्यायिक समितिलाई काम गर्न सहज हुने बताए । वडामा धेरै यस्ता समस्या छन् । जसले समस्या समाधानका लागि कहाँ जाने भन्ने सम्म यहाँका मानिसहरुलाई थाहा छैन । यस कार्यक्रमले धेरैको समस्या समाधान भएको र समस्या समाधानका लागि बाटो देखिइदिएको उनको भनाई थियो ।

कानुनी परामर्श सेवामा वकिलहरुसँग नागरिकलाई सामुहिक र व्यक्तिगत समेत परामर्श लिने व्यवस्था गरिएको थियो । कानुनी परामर्श सेवा पायक पर्ने वडाहरुलाई समावेश गरी नगरका ६ स्थानमा गरिएको थियो । परामर्श शिवसताक्षी नगरपालिकाको आयोजना र पूर्व न्युज मिडियो प्रालिको संयोजनमा भएको थियो ।

आइतवार, असार १६, २०८१ | विविधा, समाज

सम्बन्धित खबर