झापा । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ हुनेछ ।
वर्ल्ड पारा स्विमिङका प्रमुख क्रेग निकोलसनले नेशनल पारा ओलम्पिक कमिटी– नेपाललाई पत्र लेख्दै कुमालले पेरिस पारा ओलम्पिक खेल्ने जानकारी गराएको हो । भीमबहादुर पुरुष ५० मिटर फ्री–स्टाइल एस–९ विधामा ‘बाइपार्टी कमिसन’ मार्फत ‘वाइल्ड कार्ड’ मा छनोट भएका पत्रमा उल्लेख छ ।
योसँगै नेपालबाट तीन जना खेलाडीले पेरिस पारा ओलम्पिक खेल्ने पक्का भएको छ । यसअघि पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र भरतसिंह बहता छनोट भएका थिए । पलेशा एशियाली छनोट चरण पार गरेर छानिँदा भरतसिंह ‘वाइल कार्ड’ मार्फत छानिएका थिए ।