२०८१ पौष २८, आइतवार , ०५:२७:२२ बजे

Sajhamanch
'

साना किसानको खेतमा सामूहिक धान रोपाईं महोत्सव

आइतवार, असार १६, २०८१

भद्रपुर । २१ औं राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर भद्रपुरमा सामूहिक रुपमा धान रोपेर रोपाईं महोत्सव मनाइएको छ ।

भद्रपुर–७ स्थित शान्ति चोक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाईं गरिएको हो ।

संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा धान रोपाईं कार्यक्रम भएको थियो ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेल, भद्रपुर–१ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, २ का वडा अध्यक्ष रामबहादुर कँडेल, ६ का वडा अध्यक्ष रतिया राजवंशी, ७ का वडा अध्यक्ष अभिषेक ढुंगाना, ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल लगायतले धान रोपेका हुन् ।

सोही अवसरमा स्थानीय कृषक, बालबालिका, जनप्रतिनिधिलाई लक्षित गरी मनोरञ्जनका लागि हिले दौड समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख पोखरेलले व्यावसायिक कृषि आजको आवश्यकता भए पनि अनुदान सदुपयोग भए/नभएको लेखाजोखा गर्ने बेला आएको बताए । उनले जलवायु परिवर्तनको असर कृषिमा पर्न थालेकोप्रति चिन्ता व्यक्त गरे ।

त्यस्तै, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, भद्रपुर–२ का वडा अध्यक्ष कँडेल, ७ का वडा अध्यक्ष ढुंगाना लगायतले कृषक राज्यको पहिलो सम्मानित व्यक्ति भएकाले रसायन र विषादीमुक्त जीवनका लागि कृषकको योगदान महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

सम्बन्धित खबर