काठमाडौं। माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् ।
उनीहरुलाई प्रहरी वृत्त मालिगाउँले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । काठमाडौंको सेतापुल नजिक डेरा लिएर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा उनीहरुले चोरी गरेको आरोप छ ।
माग्न आएको निहुँ पारेर १३ असारमा श्रेष्ठले कानमा लगाएको सुनको रिङ चोरी गरी उनीहरु फरार भएका थिए । चोरी भएको सुनको रिङ समेत उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।