२०८१ माघ १४, सोमवार , ०९:१४:५८ बजे

Sajhamanch
'

नगरप्रमुख प्रसाईं नेतृत्वको टोलीले गर्यो कनकाई सडकको अनुगमन

बिहिवार, असार १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले वडा नम्बर ५ स्थित कनकाई सडकको बिहीवार अनुगमन गरेकी छन् ।

आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेको इलाम स्टेनदेखि सुब्बा चोकसम्मको सडक खण्ड उनले अनुगमन गरेकी हुन् ।

नगरप्रमुख प्रसाईं नेतृत्वको अनुगमन टोलीमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाअध्यक्ष रोहित प्रसाईं, स्थानीय जनप्रतिनिधि, इन्जिनियर तथा सरोकारवालाहरु सहभागी थिए ।

उक्त सडक खण्ड आगामी १० दिनभित्रमा सम्पन्न गर्नेगरी २ खण्डमा धमाधम काम भइरहेको जनाइएको छ ।

इलाम स्टेनदेखि नेपाल टेलिकमसम्मको १८५ मिटर कनकाई निर्माण सेवा र टेलिकमदेखि सुब्बा चोकसम्म ४०६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । सो सडकको चौडाई ७ मिटरको छ ।

दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम शुरु भएकाले चाँडै काम सम्पन्न हुने वडाअध्यक्ष रोहित प्रसाईंले बताए ।

सघनशहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा उक्त कामको ठेक्का लिएका हुन् ।

बिहिवार, असार १३, २०८१ | जिल्ला समाचार, समाज