
झापा । झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक १ घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घरभित्र २ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर र नगद २० हजार ४२० रुपैयाँ फेला परेको थियो । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।