२०८१ पौष २८, आइतवार , ०५:३८:०८ बजे

Sajhamanch
'

मेचीनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

बिहिवार, असार १३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

सोमवार नगर कार्यपालिकाको दोस्रो सभाको पाँचौं अधिवेशन उद्घाटन सत्रमा उपप्रमुख मीना उप्रेतीले नीति तथा कार्यक्रमबाट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको सभाको उद्घाटन सत्रमा प्रस्तावित बजेट, नीति तथा कार्यक्रम बुधवार समापन सत्रमा जनप्रतिनिधिहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

यी हुन्, नीति तथा कार्यक्रममा प्राथमिकतामा परेका क्षेत्र :

१. कृषिको आधुनिकीकरण र व्यावसायीकरणद्वारा प्रविधि हस्तान्तरण
२. सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा व्यापक सुधार
३. उद्योग तथा सहकारी
४. आधारभूत स्वास्थ्य सेवामा नागरिकको निःशुल्क र सहज पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार
५. नीजि र सहकारी क्षेत्रको सहकार्यमा कृषि उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना र गरीबी निवारण
६. नवप्रवर्तनमा आधारित स्थानीय क्षेत्रको आर्थिक विकास
७. आन्तरिक स्रोत वृद्धिका लागि पूर्वाधार विकास
८. प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन
९. श्रमिकको पञ्जिकरण, श्रमिकको सुरक्षा र व्यवस्थापन
१०. एकीकृत शहरी विकास योजनाको निर्माण तथा कार्यान्वयन
११. लागूऔषधको प्रयोग नियन्त्रणमा व्यापक सामाजिक परिचालन
१२. विकासका आयामहरुमा टोल विकास संस्थाको सहभागिता र साझेदारी
१३. आगामी आवबाट निम्न वर्गको पहिचानगरी कार्यविधि बनाई खानेपानी समितिको सहकार्यमा ५ युनिट मात्र पानी खपत गर्ने उपभोक्ताको सो युनिटसम्मको रकम नगरपालिकाले भुक्तानी गरिदिने
१४. आगामी आवबाट वार्षिक १०० भन्दा बढी असुरक्षित आवास भएका जनताका निम्ति कार्यविधि तथा मापदण्ड तयार गरी सुरक्षित आवास अन्तर्गत टिनको छानो फेर्ने कार्यक्रम सञ्चालन गरिने र यो कार्यक्रमलाई निरन्तरता दिइने
१५. आगामी वर्ष आयस्रोत नभएका, दैवी प्रकोपबाट पीडित निम्नवर्ग र सहाराविहीन परिवारका लागि कार्यविधि बनाई वार्षिक २० घर आवास निर्माण कार्यक्रम सञ्चालन गरिने र यो कार्यक्रमलाई निरन्तरता दिइने

सम्बन्धित खबर