२०८१ पौष २८, आइतवार , ०५:४५:२० बजे

Sajhamanch
'

कृषक र व्यवसायीले पाए साढे ११ लाख मूल्यका विभिन्न सामग्री

बिहिवार, असार १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ ।

नगरपालिकामा बुधवार आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो ।

चिलिङ्ग भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेशिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले कूल ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको वितरण गरिएको हो ।

ती सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपक्षी तथा मत्स्य विकास शाखाप्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

उक्त सामग्री नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, शिक्षा शाखाप्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगीता सिवा, सीता विश्वकर्मा लगायतले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले नगरले प्रदान गरेका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरिन् । कृषि क्षेत्रमा नगरपालिकाले हरेक वर्ष विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै उनले उत्पादनमा जोड दिइन् ।

सम्बन्धित खबर