२०८१ माघ १३, आइतवार , ०६:५३:११ बजे

Sajhamanch
'

अन्तक्र्रियाका वक्ताले भने, ‘खुला सीमा नेपाल–भारत सुमधुर सम्बन्धको सेतु’

बुधवार, असार १२, २०८१

वीरगन्ज । नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले बुधवार वीरगन्जमा “खुला सीमा–सुमधुर सम्बन्धको सेतु” विषयक अन्तक्र्रिया आयोजना गरेको छ ।

आयोजक समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तक्र्रियाका वक्ताहरुले खुला सीमा नेपाल र भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको बताएका छन् ।

समूहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमा सम्बन्धी ज्ञान नभएका व्यक्तिहरुले बनाएकाले नमान्ने बताए ।

उनले ‘वल्र्ड ग्लोबलाइजेसन’ तर्फ अग्रसर भइरहेकाबेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यास्पद रहेको टिप्पणी गरे ।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए ।

“नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम थियो” उनले भने, “नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानूनले मात्रै चल्न सक्दैन, किनकि यहाँ बहुआयामिक सम्बन्ध छ, खुला सीमा अवसर हो दुवै देशका लागि र यहाँका जनता रक्षक हुन् ।”

त्यस्तै, अर्का वक्ता वरिष्ठ पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकिकरण भइरहेको बताए । उनले सीमा क्षेत्रमा रहेका जनताहरुको भावना अनुरुप नियम कानून बनाउनु पर्ने बताए ।

यसैगरी, अर्का वक्ता भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुवै देशका जनताको आवश्यकता रहेको बताए । यस्तै, प्रदेश सदस्य श्याम पटेलले सरकारले चाहँदैमा बोर्डरमा तारबार लगाउन नमिल्ने जिकिर गरे ।

कार्यक्रममा प्राध्यापक डा. प्रमोदकुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकाले जनतामा सीमासम्बन्धी भ्रम रहेको बताए ।

सो अवसरमा डा.घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्रा, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भूषण, अनिरुद्ध सिंह कल्वार, समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकार, राजनीतिकर्मी लगायत दुवै देशका अगुवाहरुको को विशेष उपस्थिति थियो ।

सम्बन्धित खबर