बिर्तामोड । ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ ।
गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष राजकुमार गौतमले जानकारी दिए।
उनका अनुसार सरोकार समाजले २० थान त्रिपाल, २५ थान कम्बल र २ रोल म्याड उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ जिल्ला शाखा मार्फत बितरण हुने गरि असार ९ गते उक्त सामाग्री पठाइएको अध्यक्ष गौतमले जानकारी दिए।
जिल्लामा विपत भएको खबर प्राप्त हुन् साथ सरोकार समाजको बैठक बसी राहत सामाग्री उपलब्ध गराइएको अध्यक्ष गौतमले बताउनुभयो । उनका अनुसार ताप्लेजुङ झापा सरोकार समाजले जिल्लामा हुने गरेको विभिन्न विपतका घटनाहरुमा राहत बितरण, पुनःस्थापना लगायतका कार्यमा समन्वयकारी भुमिका खेल्दै आएको छ ।