२०८१ माघ ५, शनिवार , ०८:०३:५५ बजे

Sajhamanch
'

शिवसताक्षीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि नगरपालिका र करुणा फाउण्डेशन बीच सम्झौता

बुधवार, असार १२, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा अपङ्गता न्यूनकरणका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि मंगलबार शिवसताक्षी नगरपालिकामा करुणा फाउण्डेसन र शिवसताक्षी नगरपालिका बीच सम्झौता भएको हो ।

जन्मजात तथा जन्मपश्चात हुने अपाङ्गता न्यूनीकरण गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा पुन स्थापना गर्ने कार्यक्रम सञ्चालनका लागि नगरपालिकासँग सम्झौता भएको हो ।

कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछ। सम्झौता अनुसार मिति २०८१ साल श्रावणबाट ०८४ असार मसान्तसम्म सम्झौता लागु हुनेछ ।

सम्झौता अवधिमा नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य उपचार र सहायक सामग्री वितरण समावेशी शिक्षा जीविकोपार्जन सामाजिकीकरण सशक्तिकरण जस्ता कार्यक्रमहरु पालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका संघ संस्थासँगको समन्वयमा सञ्चालन गरिने नगर र फाउन्डेसन बीचको सम्झौतामा पत्रमा उल्लेख छ ।

सम्झौता पत्रमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा तथा करुणा फाउडेशनका कार्याकारी निर्देशक दिपकराज सापकोटा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरका क्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गर्न लागिएको कार्यक्रमले उहाँहरुलाई फाइदा पुग्ने अपेक्षा गरिएको बताए । उनले भने, कार्यक्रम अत्यन्त राम्रो छ । यस नगरमा यस्ता अपाङ्गता भएका व्यक्तिहरु धेरै हुनुहुन्छ । विशेष यो कायक्रमले उहाँहरुको जिविकोपार्जनमा टेवा पुग्नेछ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई परामर्श तथा सेवा प्रवाहमा सहजीकरण गर्नका लागि सामाजिक विकास मन्त्रालयले जारी गरेको सहजकर्ता छनोट सम्बन्धी मार्गदर्शन २०७९ बमोजिम अपाङ्गता सहायता सहजकर्ता नियुक्त गरी आवश्यक तालिम प्रदान गरेपछि पालिका भित्रको अपाङ्गताको तथ्याङ्क सङ्कलन देखि उनीहरुको अवस्था बुझ्ने काममा परिचालन गरिनेछ।

जन्मजात अपाङ्गता कसरी रोक्ने भन्ने कार्यक्रमको मुख्य उद्देश्य भएको भन्दै फाउन्डेसनका कार्यकारी निर्देशक दिपक राज सापकोटाले त्रिपक्षीय सम्झौता रहेको कार्यक्रममा फाउन्डेसन सँगै संघ प्रदेश तथा स्थानीय तीनवटै सरकारको लगानी रहने जानकारी दिए ।

पहिलो र दोस्रो वर्ष नगरपालिका कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र फाउन्डेसन तथा तेस्रो वर्ष मन्त्रालय र पालिकाको लगानी रहनेछ । सम्झौता कार्यक्रममा शिवसतक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नगरमाया कार्की सहित प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई फाउन्डेसनका पालिका संयोजक सुशील राजभर समितिका सदस्य कुमार बोगटी सहित नगरका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सम्झौता कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी देविना पराजुलीले गरेकी थिइन् ।

बुधवार, असार १२, २०८१ | समाज

सम्बन्धित खबर