२०८१ पौष २८, आइतवार , ०१:२३:५५ बजे

Sajhamanch
'

मोरङको रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेट

मङ्गलवार, असार ११, २०८१

रंगेली । दक्षिणपूर्वी मोरङको रंगेली नगरपालिकाले १० औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरसभामा उपप्रमुख भूमा पराजुलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने क्रममा ७२ करोड ४ लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन् ।

उनले चालुतर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको बताइन् ।

चालु खर्चभित्र रंगेली अस्पताल व्यवस्थापन, अतिविपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायत खर्च छन् ।

आयतर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ७० लाख, सशर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपूरक अनुदानतर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी, राजस्वतर्फ आन्तरिक राजस्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजस्व बाँडफाँटबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजस्व बाँडफाँटबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् ।

त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय सशर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार, शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायीक समिति १३ लाख १५ हजार, पशुपक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र सामाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताइन् ।

त्यसैगरी, पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय सशर्त ३ करोड ८८ लाख, संघीय समपूरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

नगरप्रमुख दिलीप बगडीयाको अध्यक्षतामा सोमवार नगरसभा सम्पन्न भएको छ ।

मङ्गलवार, असार ११, २०८१ | अर्थतन्त्र

सम्बन्धित खबर