२०८१ माघ १४, सोमवार , ०२:१६:१८ बजे

Sajhamanch
'

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

मङ्गलवार, असार ११, २०८१

झापा । झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।गौरीगंज गाउँपालिका-८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित ठेकिटोला सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो ।

आजै बिहान कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ। योसँगै आजै झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

मङ्गलवार, असार ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर