२०८१ पौष २९, सोमवार , ०१:०१:५९ बजे

Sajhamanch
'

कमल गाउँपालिकाको १५ औँ गाउँसभा शुरु

आइतवार, असार ९, २०८१

कमल । कमल गाउँपालिकाको १५ औँ गाउँसभा आइतवारबाट शुरु भएको छ ।

सभा अन्तर्गत आइतवारको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।

“समृद्ध कमल, हाम्रो सरोकार” भन्ने मूल नाराका साथ शुरु उक्त सभामा सो पालिकालाई सुन्दर, समुन्नत र समृद्ध बनाउने संकल्पसहितको वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

गाउँपालिकाको विकास र समृद्धिका लागि राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय तथा दिगो विकाससहितको पूर्वाधार निर्माण गर्न स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्घ गाउँपालिकाको लक्ष्य हासिल गर्ने नीति तथा कार्यक्रम पेश गरिएको छ ।

त्यस्तै, गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधारका विकासमा संघीय र प्रदेश सरकारबाट प्राप्त स्रोतहरु तथा आन्तरिक स्रोत र साधनहरु परिचालन गर्ने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक तथा सामाजिक विकासका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्दै जनतालाई स्थानीय सरकार भएको अनुभूति दिलाउने किसिमका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले उक्त सभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी थिइन् । उनले ७१ करोड ८३ लाख ८४ हजार रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् ।

सम्बन्धित खबर