२०८१ माघ २९, मङ्गलवार , ०९:३०:५६ बजे

Sajhamanch
'

कनकाईमा पोलियोविरुद्धको खोप अभियान ११० प्रतिशत सफलता

आइतवार, असार ९, २०८१

झापा । झापाको कनकाई नगरपालिकामा पोलियो विरुद्धको खोप अभियानमा सफल भएको छ ।

नगरमा लक्ष्यभन्दा १० प्रतिशत बढी बालबालिकाले खोप लगाएका छन् । नगरमा २ हजार ३४६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि कनकाई नगरपालिकामा २ हजार ५८६ (११० प्रतिशत) ले खोप लगाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिए।

२०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर नगरमा जेठ २० गतेदेखि २३ गतेसम्म सञ्चालन भएको पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ मा १ हजार ३३५ बालक र १ हजार २४१ बालिकाले खोप लगाएको उनले बताए। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ ।