२०८१ पौष २६, शुक्रवार , ०८:०४:४८ बजे

Sajhamanch
'

कचनकवलमा आँपको विषयलाई लिएर कुटाकुट, सात जना घाइते

आइतवार, असार ९, २०८१

झापा । झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटपिट भएको छ ।

शनिबार बेलुका कचनकबल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मिँयाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मिँयासँग झगडा र कुटपिट हुँदा दुई पक्षका सात जना घाइते भएका छन् ।

कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिँया, २५ वर्षीय सम्सेर मिँया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिँया, २० वर्षीय अर्फिन मिँया, ५० वर्षीया लेजिना मिँया र ३९ को सम्शोधिन मिँया घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रनानि र बीओपी केचनाबाट सप्रनि समेतको टोली खटिएको जनाइएको छ ।

सम्बन्धित खबर