२०८१ भदौ २३, आइतवार , ०३:४६:३१ बजे

Sajhamanch
'

विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले चन्द्रगढीमा गर्यो विविध कार्यक्रम

शनिवार, असार ८, २०८१

भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले शनिवार चन्द्रगढीमा बृहत साहित्यिक, साँस्कृतिक एवं साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासँगै लामो अवधिसम्म रहेका लेखक एवं विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।

त्यसक्रममा विश्वेश्वरप्रसाद कोइरालाको नेपाली साहित्यमा रहेको योगदान र नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा विज्ञ सर्जक समालोचकहरूसँग सामूहिक छलफल समेत भएको थियो ।

छलफलमा नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षकमा प्रा. कविराज न्यौपाने, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा र लेखक लेखनाथ भट्टराईले विचार मन्थन गरेका थिए भने सहजीकरण लेखक तथा समालोचक विवश पोखरेलले गरेका थिए ।

त्यस्तै, नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा प्रा.डा. गंगाप्रसाद अधिकारी, लेखक डा. रत्नमणि नेपाल र साहित्यकार पुण्यप्रसाद खरेलले तथ्यपरक धारणा राखेको कार्यक्रमको सहजीकरण सर्जक लीला अनमोलले गरेकी थिइन् ।

गायक अर्जुन खरेल र गायिका अनिता पौडेलले गीत संगीत प्रस्तुत गरेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका १२ जना कवि कवयत्रीले आफूले रचेका कविता वाचन गरेका थिए ।

सो अवसरमा बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर