२०८१ पौष २६, शुक्रवार , ०६:११:३३ बजे

Sajhamanch
'

काठमाडौंबाट दिल्ली जाँदै गरेको बसबाट झन्डै पौने तीन करोड रुपैयाँको ‘भेप’ बरामद

शुक्रवार, असार ७, २०८१

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट ५८ प्याकेट भेपसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी)  सीताराम रिजालले जानकारी दिए। भेपको मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबर छ ।

पक्राउ पर्नेहरूमा बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का कासलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का इन्द्रबहादुर दर्जी, सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका–१६ का राजकुमार हिमाङ रहेका छन् ।

एसपी रिजालका अनुसार बसमा यात्रुको सिटमाथि सिलिङको भागमा ुफल्स बटमु बनाएर त्यसभित्र भेप राखेको पाइएको छ । यो बस नियमित काठमाण्डौ–दिल्ली चल्ने नभई केही व्यक्तिले एक महिनाअघि मात्रै यात्रुलाई भारत घुमाउने भन्दै काठमाण्डौमा रहेको भारतीय दूतावासबाट ‘रोड पर्मिट’ लिएको पाइएको एसपी रिजालले बताए।

बरामद भएको भेपसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको एसपी रिजालले जानकारी दिए।

शुक्रवार, असार ७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर