२०८१ माघ १३, आइतवार , ०१:३४:०२ बजे

Sajhamanch
'

लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवस : झापामा सप्ताहव्यापी कार्यक्रम शुरु

शुक्रवार, असार ७, २०८१

चन्द्रगढी । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रमको शुक्रवार झापामा शुभारम्भ गरिएको छ ।

दिवसको सन्दर्भ पारेर आयोजित अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सप्ताहव्यापी कार्यक्रम शुभारम्भ भएको जानकारी गराए ।

उनले एक हप्ताभरि नै लागूऔषध नियन्त्रणका लागि विभिन्न क्षेत्रसँग सहकार्य गरेर अन्तक्र्रिया, छलफल लगायत कार्यक्रम गर्ने र सुरक्षा निकायले विद्यालय क्याम्पसहरुसँग सहकार्य गरेर सम्बन्धित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डीएसपी कृष्णकुमार चन्दले लागूऔषध नियन्त्रणका क्षेत्रमा भएका प्रयास र झापाको वर्तमान अवस्था अवगत गराएका थिए ।

त्यसैगरी, त्रिदेव बहुमुखी क्याम्पसका उप प्राध्यापक साबित्रा दहालले लागूपदार्थको प्रयोगले समाज विकासमा पारेको असर र यसको नियन्त्रणमा सरोकारवालाको भूमिका विषयमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।

त्यस्तै, सशस्त्र प्रहरी बलका प्रमुख कविन्द्र राईले लागूऔषध नियन्त्रणमा हाल झापामा सुरक्षा निकायको तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

अन्तक्र्रियामा सहभागीका तर्फबाट काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईंटेल, मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख जीवनकला राउत, लागूऔषध पुनस्र्थापना केन्द्रहरूका तर्फबाट राजु गिरी लगायतले जिज्ञासा राखेका थिए ।

सो कार्यक्रममा सुरक्षा निकायका जिल्ला प्रमुखहरू, जिल्ला रेडक्रस झापाका प्रमुख, सामुदायिक विद्यालयका प्रअहरू, मेची अञ्चल अस्पतालका सम्बन्धित क्षेत्रमा क्रियाशील डा, लागूऔषध विरूद्ध क्रियाशील संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न पालिकाका कर्मचारी, झापामा रहेका सुधार गृहका सञ्चालकहरू लगायतको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी विश्वमणि नेपालले गरेका थिए ।

“लागूऔषध दुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔँ ।” भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले सो कार्यक्रम आयोजना गरेको थियो ।

शुक्रवार, असार ७, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर