२०८२ कार्तिक १७, आइतवार , १०:५६:१४ बजे

Sajhamanch
'

।।कविता।। गरीब

शनिवार, असार ८, २०८१

अभाव, प्रभाव र दबावको चपेटामा छ गरीबको जीवन ।
जस्को छ शक्ति, उस्कै भक्ति रहेछ ठूलो दौलत धन ।।

मानिस महान् हुन हुनु पर्दछ सहयोगी अनि ठूलो मन ।
मान्छेमा संकुचित हुँदैछ मानवता व्यवहार असलपन ।।

गरीबीसँग पौंठेजोरी खेल्नुपर्दा कष्ट हुँदो रहेछ ।
तर, यो व्यथालाई बुझ्नेले पनि नबुझिदिँदो रहेछ ।।

सबैले गर्दछन् गरीबप्रति हेय हेँलाको भावना ।
तर, राख्नुपर्दछ हामी सबैले सहयोगको भावना ।।

गरीब भनी नगरौँ कसैप्रति तिरस्कार हेँला ।
समय परिस्थतिले पार्नसक्छ हाम्लाई फेला ।।

सुख दुःख चक्र हो, आइपर्छ दिदी बहिनी दाजुभाई ।
हामी सबै जुटौं उठौं लडौं गरीबी उकास्नलाई ।।

 

सम्बन्धित खबर

देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
शुक्रवार, कार्तिक १५, २०८२
भद्रपुरमा गंगा आरतीसहितको छठपूजा
सोमवार, कार्तिक ११, २०८२
नदी किनारमा छठ पूजाको तयारी तीव्र
आइतवार, कार्तिक १०, २०८२