२०८१ माघ १३, आइतवार , ०५:३९:०७ बजे

Sajhamanch
'

शेर्मा टोलका बाख्राका खोरको अनुगमन

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका–६ मा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरिएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरेकी हुन् ।

त्यसक्रममा नगरप्रमुख प्रसाईंले खोरलाई अझै व्यवस्थित बनाउन सबैलाई सुझाव दिइन् ।

बिर्तामोड नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि प्रति कृषक समूह ४५ वटाका दरले बाख्रा, बीउ बोका, खोर निर्माणका लागि प्रति खोर ३५ हजार रुपैयाँ, बाख्राको बीमा, खोप, सिजनको घाँस र औषधि उपचारमासमेत सहयोग गर्दै आएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ यता ६ सय ७५ वटा बाख्रा, १५ वटा बोयर जातका बोका वितरण र २ सय २५ वटा खोर निर्माण गरेको छ ।

यसैगरी, नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत नै १३ वटा समूहलाई ३ सय ९० वटा बंगुरका पाठा र १३ वटा विर वितरण गरेको छ । नगरले बंगुरपालनका लागि १ सय ९५ वटा खोर निर्माण गरिदिएको छ ।

अनुगमन टोलीमा नगर प्रमुखसँगै पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, सब–इन्जिनियर दिपेश निरौला र सन्देश बंगुरपालन समूहकी अध्यक्ष आईतमाया शेर्मा सहभागी थिए ।

शुक्रवार, असार ७, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर