![](https://sajhamanch.com/wp-content/uploads/2024/06/india-final.jpg)
झापा । आईसीसी टी –२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। बार्बाडोसमा हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो ।
भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १३४ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । समूह ‘ए’ मा भारत र अफगानिस्तानसँगै अष्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् ।