२०८१ पौष २६, शुक्रवार , १२:४०:२६ बजे

Sajhamanch
'

पशुपतिनाथको भेटी चोरी प्रकरणमा पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

बिहिवार, असार ६, २०८१

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई थुनामा पठाउने र एकजनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा रहेका ५१ वर्षीय नवराज ढोडारी, ब्राह्मण पदमा कार्यरत काठमाडौं-६ बस्ने ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

कागेश्वरी मनोहरा- ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा-९ बस्ने ३५ वर्षका कुमार दमाई परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका- १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन्।यस्तै काठमाडौं-८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका–चोरी मुद्दा दर्ता गरिएको छ।

सम्बन्धित खबर