शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा चौथो र पाँचौ तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा आज नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले नगरपालिकाका कर्मचारीहरुलाई अपडेट गर्दै कार्यसम्पादनमा उत्कृष्टता ल्याउन नगरले बेला बेलामा क्षमता विकास तालिम दिदै आएको बताए । तर हाम्रो पालिकामा परिस्थिति अलि फरक रहेको उनले जानकारी गराउँदै बाहिर सेवाग्राही, राजनीतिक दल लगायतले कार्मचारीहरुको कार्य शैली प्रतिको असन्तुष्टि आएको गुनासो गरे ।
हाम्रो पालिकामा काम गर्ने सबै कर्मचारीहरु प्रतिश्पर्धाबाट आएका हुन् र सबै काम गर्न अब्बल छन् । तर कर्मचारीहरुले केही केही कुराहरुमा सुधार गर्दै ल्याउनु पर्ने देखिएको छ । उनले भने, यस क्षमता विकास तालिमबाट कर्मचारीहरुको कार्यसम्पादनमा उत्कृष्ट आउँछ भन्ने मैले अपेक्षा गरेको छु ।
नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि शिवसताक्षी नगरपालिका लागि परेको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । कर्मचारीहरुका पनि केही समस्याहरु रहेका छन। नगरपालिकाले क्रमशः सम्बोधन गर्दै जान्छ । तर आम नागरिकले सेवा दिन कर्मचारी सदैव इमान्दारी भएर लाग्नु पर्ने उनको भनाई थियो ।
तालिममा विहान ६ बजेबाट ८ बजेसम्म सहभागीहरुलाई योग साधाना गराइएको शिवसताक्षी नगरपालिका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । सहभागीको शारीरिक, स्वास्थ्य, मानसिक शान्ति र अध्यात्मिक ज्ञानका लागि योग साधाना गरिएको उनले बताए । तालिम विहान ८ बजेदेखि १२ बजेसम्म दिइने बताइएको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा सम्पन्न सवल नेपालका अध्यक्ष रामप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिवसताक्षी नगरपालिकाको आयोजना तथा सम्पन्न सवल नेपाल काठमाण्डौको समन्वयमा नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटीय क्षेत्र दोमुखामा कार्यक्रमको आयोजना गरेको जनाएको छ ।