२०८१ माघ २४, बिहिवार , ०६:५१:४६ बजे

Sajhamanch
'

बिरिङको डुबानले झापा गाउँपालिकाका चार परिवार विस्थापित

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् ।

बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ जना पूर्ण रुपमा विस्थापित भएका छन् ।

सो स्थानका दिपक आचार्यको परिवारका सातजना, सीता दुलालको परिवारका चारजना, प्रदिप सिंहको परिवारका तीनजना र नविन बराइलीको परिवारका चारजना विस्थापित बनेका हुन् ।

विस्थापित भएका उनीहरुलाई स्थानीय केदार श्रेष्ठको खाली घरमा आश्रय दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मङ्गलवार, असार ४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर