
मेचीनगर। झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते भएकी छन् ।
आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते भएकी हुन् ।
उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको कम्मरमुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्था रहेको बताइएको छ ।