
काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको छ ।
जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय १५ पुगेको महासंघले जनाएको छ ।