२०८२ असार १५, आइतवार , ०३:२७:०७ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

सोमवार, असार ३, २०८१

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ तोलामा १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको छ ।

सोमवार, असार ३, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर