२०८१ पौष २७, शनिवार , ०३:३२:०२ बजे

Sajhamanch
'

मेचीनगरको बजेट जनमुखी बनाउन सरोकारवाला र विषयविज्ञसँग छलफल जारी

सोमवार, असार ३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले पालिकामा जनतालक्षित बजेट ल्याउन सरोकारवाला पक्षसँगको छलफललाई तीव्ररुपमा अघि बढाएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती लगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने बारेमा राय, सल्लाह र सुझाव लिएर घनिभूत छलफल गरेको हो ।

नगरपालिकाले बजेटबारे मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका प्रमुख एवं अध्यक्षहरूसँगको छलफललाई टुङ्ग्याएको छ ।

त्यस्तै, नगरमा क्रियाशील राजनीतिक दलका प्रमुख, लक्षित समूह (महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति लगायत) का क्षेत्रमा कार्य गर्ने संघ–संस्थाका अध्यक्षहरुसँग छलफल भइसकेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

नगरप्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलका अनुसार अहिले विषय विज्ञहरूसँग पनि नयाँ बजेटको विषयमा राय, सल्लाह सुझाव लिने काम भइरहेको छ ।

सम्बन्धित खबर