२०८१ भदौ २२, शनिवार , १०:५८:३७ बजे

Sajhamanch
'

रोङ गट ट्यालेन्टः प्रारम्भिक चरणमा छानिए ३ विधाबाट १९२ प्रतिभा

आइतवार, असार २, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाभित्रका प्रतिभा खोजी अभियान अन्तर्गत प्रारम्भिक चरणमा १९२ जना प्रतिभा छनोटमा परेका छन् ।

गाउँपालिकाको ६ वटै वडाबाट गरी गायन, नृत्य र कविता विधामा ३१८ जनाले फारम भरेकामा १९२ जना प्रतिभा छानिएका हुन् ।

फारम भरेकामध्ये ३०५ जनाले अडिसन दिएका र तीमध्ये कवितातर्फ २७, गायनतर्फ ५४ र नृत्यतर्फ १११ जनालाई पहिलो चरणका लागि छनोट गरिएको हो ।

निर्देशक समिति सदस्य स्वस्तिका मुखियाका अनुसार प्रारम्भिक चरणको छनोट प्रक्रियाबाट प्रथम चरणको प्रतिस्पर्धाका लागि उत्साहजनक सहभागिता रहेको छ ।

पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रमको समय तालिका चाँडै प्रकाशन गरिने जानकारी दिँदै निर्देशक समितिले पहिलो चरणको कार्यक्रमपछि दोस्रो चरणको हुने र तेस्रो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम (फाइनल राउण्ड) रहने छ ।

आइतवार, असार २, २०८१ | समाज, सासंक

सम्बन्धित खबर