२०८१ माघ २५, शुक्रवार , ०८:२८:५५ बजे

Sajhamanch
'

बढ्यो सुनचाँदीको मूल्य

आइतवार, असार २, २०८१

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार, असार २, २०८१ | अर्थतन्त्र, समाज