बिर्तामोड । नेपाल दशनामी समाज झापाले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति तोकेको छ ।
समाजले भदौ मसान्तसम्ममा गाउँपालिका तथा नगरपालिकाको, कात्तिक मसान्तसम्म क्षेत्रको र चैत मसान्तसम्ममा झापा जिल्लाको अधिवेशन गर्ने भएको हो ।
समाजका झापा अध्यक्ष केदार गिरीको अध्यक्षता तथा केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यतामा बिर्तामोडमा आज (शनिवार) बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको झापा सचिव युवराज गिरीले जानकारी दिए ।
उनका अनुसार बैठकले समाजको बुट्टाबारीस्थित भवनमा शौचालय निर्माण गर्ने लगायत निर्णय गरेको छ ।