कनकाई । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद् व्यवस्थापन प्रतिकार्यबारेको अभ्याससँगै सर्पदंशसम्बन्धी जानकारी दिन शुरु गरेको छ ।
त्यसक्रममा कनकाई–३ सुरुङ्गास्थित पशुपति इङ्लिस सेकेन्डरी स्कूलका विद्यार्थीहरुलाई अभ्यास गराइएको हो । मनसुन सुरुवातसँगै विपद्बाट जोगिन सचेतनासहित अभ्यास गराइएको गणले जनाएको छ ।
विद्यालयसँग समन्वय गरी बिहान ११ बजेबाट विपद् व्यवस्थापन प्रतिकार्यसम्बन्धी कक्षा तथा डेमोस्ट्रेशन (प्रदर्शन) गरिनुका साथै, सर्पदंशसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
सो कार्यक्रममा शिक्षक, स्काउट तथा विद्यार्थीहरु गरी करिब ३०० जनाले सहभागिता जनाएका बताइएको छ ।