२०८१ माघ २५, शुक्रवार , ०१:५६:४२ बजे

Sajhamanch
'

सुनको भाउ ४०० रुपैयाँले घट्यो

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रवार, जेठ ३२, २०८१ | अर्थतन्त्र, समाज