२०८२ भदौ १०, मङ्गलवार , ०१:१९:२९ बजे

Sajhamanch
'

मेची आँखा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा स्थापना दिवसमा आँखा जाँच

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ ।

बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना दिवस सामाजिक कार्य गर्दै मनाएको हो ।

कर्मचारी युनियनले स्थापना दिवसमा बिर्तामोड-४ स्थित लालीगुराँस टोलमा रहेको तारा नमस्ते बालग्रामका अभिभावकविहीन बालबालिकाको आँखा जाँच गर्दै छाता तथा खाद्यान्न सहयोग गरेको छ ।

बालग्रामका २८ जना बालबालिकाको आँखा जाँच तथा उनीहरुलाई छाता, चामल, तेल, भुजालगायतका सामग्री सहयोग गरिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख कविता कार्की कडरियाले जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आएको बताइन् ।

कर्मचारी युनियनका अध्यक्ष होमप्रसाद धितालको अध्यक्षता तथा कर्मचारी युनियन केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख कडरियाको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा कर्मचारी युनियन उपाध्यक्ष रमेश सापकोटाले स्वागत गरेका थिए ।

कर्मचारी युनियन सचिव पुष्प अधिकारीले सञ्चालन गरेको कार्यक्रममा तारा नमस्ते बालग्रामको सञ्चालक यसोदा पोखरेल चापागाईंले कर्मचारीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । कडरीया, होमप्रसाद धिताल, नेत्रा अधिकारीलगायतको टोलीले बालबालिकाको आँखा जाँच गरेको थियो ।

सम्बन्धित खबर