२०८१ पौष २७, शनिवार , ०१:१३:५६ बजे

Sajhamanch
'

सीमा सहजीकरण समिति बैठकले गर्यो सीमासम्बन्धी विविध विषयमा निर्णय

बुधवार, जेठ ३०, २०८१

मेचीनगर । सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टामा बुधवार बसेको सीमा सहजीकरण समितिको नियमित मासिक बैठकले विभिन्न निर्णय गरेको छ ।

समितिका अध्यक्ष एवं मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको बैठकमा सीमा सहजीकरणबारे छलफल भइ विविध निर्णय गरिएको समितिका सदस्य–सचिव तथा गुल्मपति राजनलाल श्रेष्ठले बताए ।

सीमासम्बन्धी सूचना लिई गुल्मलाई जानकारी गराउने, सीमा अपराध नियन्त्रणमा आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने, आपराधिक क्रियाकलाप भइरहेका र सम्भावित स्थलको पहिचान गर्ने, सीमा अपराध भएको सूचना आए रोकथाम गर्न आवश्यक समन्वय गर्ने, सीमा अपराधमा संलग्न व्यक्तिको पहिचान गरी अपराधको प्रकृति अनुसार कानूनी दायरामा ल्याउन सहयोग तथा समन्वय गर्ने लगायत निर्णय बैठकले गरेको हो ।

बैठकमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका वरिष्ठ प्रहरी नायव निरीक्षक रुपेश राई, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, गुल्मका सशस्त्र प्रहरी निरीक्षक योगेश खड्का, काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवास लगायतको उपस्थिति थियो ।

गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले सञ्चालन गरेको बैठकका सहभागी वक्ताहरुले आफ्नो क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि र अनधिकृत व्यक्तिको घुसपैठ रोक्न तथा सीमापार अपराध नियन्त्रणबारे छलफल गरी ऐक्यबद्धता जनाएका थिए ।

सम्बन्धित खबर