२०८२ असार २०, शुक्रवार , ०७:३३:४३ बजे

Sajhamanch
'

जेके गुरुङले फेरेको आँखा अस्पतालको मुहार, नेत्र चिकित्सा अध्ययनको तयारी

बुधवार, जेठ ३०, २०८१

बिर्तामोड। विगत २८ वर्षयता नेपाल, भारत र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको मेची आँखा अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययन हुने भएको छ ।

अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल साइन्स (नाम्स) सँग सम्झौता भइसकेको अस्पतालका अध्यक्ष जलकुमार (जेके) गुरुङले जानकारी दिए । निकट भविष्यमा सम्पूर्ण मापदण्ड पूरा गरेर कलेज सञ्चालन गरिने उनले बताए ।

त्यस्तै, रोटरी क्लबसँगको सहकार्यमा मोबाइल ओपथाल्मिक भ्यान सञ्चालनको तयारी सुरु गरिएको छ । आँखा अस्पतालमा हुनुपर्ने सम्पूर्ण उपकरणसहितको सो भ्यानले आँखा शिविर तथा बिरामी भएकै ठाउँमा पुगेर उपचारमा सघाउने गुरुङले बताए ।

सम्बन्धित खबर